नेपालले विश्वकप आयोजना गर्ने

Photo Credit: ICC

पहिलो पटक नेपालले महिला क्रिकेटको विश्वकप आयोजना गर्ने भएको छ।

२०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप बंगलादेशसँग मिलेर नेपालले संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको आइसिसीले आफ्नो मिडिया रिलिज सार्वजनिक गर्दै जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो।

जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ।

यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।

यस्तै सन् २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्।

हाल सम्म नेपालले कुनै पनि विश्वकप आयोजना गरेको छैन भने नेपालले पहिलो पटक मौका पाएको हो।

गत जेठमा आइसिसी यू१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टी२० विश्वकप आयोजना हुन लागेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ