नेपालले लर्ड्स क्रिकेट मैदानमा खेल्ने।

नेपालले अर्को वर्ष ऐतिहासिक महत्त्व बोकेको लर्डस क्रिकेट मैदानमा गएर खेल्ने भएको छ ।

विश्व क्रिकेटको नियमन निकाय संस्था पनि रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सन् २०२० मा लर्डसमा खेलिने खेलतालिका सार्वजनिक गर्दै नेपालको खेल पनि समावेश गरेको छ ।

नेपाल र एमसीसीबीच अगस्ट २४ मा खेल हुने लडर््स क्रिकेट मैदानले जनाएको छ । खेल कस्तो हुने भने केही खुलाइएको छैन । नेपालले यसअघि लर्डसमा दुईपटक खेलिसकेको छ ।

नेपालले २०१६ मा गएर लर्ड्समा पहिलोपल्ट खेलेको थियो । एमसीसीसँगको एकदिवसीय खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।

गत वर्ष नेपालले लर्ड्सको दोस्रोपल्ट भ्रमण गर्दै एमसीसी, नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेलेको थियो । एमसीसीको टोलीले अघिल्लो महिनामात्र नेपाल भ्रमण गर्दै काठमाडौं र पोखरामा खेलेको थियो ।

एमसीसी फाउन्डेसनको ‘लिगेसी टुर’ अन्तर्गत एमसीसीले अर्को दुई वर्ष नेपाल भ्रमण गर्ने कार्यक्रम छ ।

@Kantipur