नेपालले युएईमा एकदिवसिय र टि-ट्वान्टी शृंखला खेल्ने

नेपालले आगामी महिना युएई बिरुद्ध एकदिवसिय र टि-ट्वान्टी शृंखला खेल्ने भएको छ । नेपालले आगामी जनवरीमा युएईको भ्रमण गर्ने र भ्रमणका क्रममा एकदिवसिय र टि-ट्वान्टी शृंखला खेल्ने भएको हो ।

हाल नेपाल क्रिकेट संघ (क्यान) अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिबन्धमा परेकाले नेपालले आईसीसी मार्फत युएईसँगको शृंखला खेल्ने बेवस्ता मिलाएको हो ।

नेपालले युएई भ्रमणक क्रममा जम्मा पाँच खेल खेल्ने छ । पाँच मध्य कम्तीमा दुई दुई एकदिवसिय र टि-ट्वान्टी हुने छ भने पाँचौ एकदिवसिय अथवा टि-ट्वान्टी के हुने भन्ने बारेमा भने टुंगो लग्न बाँकि छ । यस्तै कहिले कहिले खेल हुने भन्ने पनि टुंगो लगाउन बाँकि छ ।

अब केही दिनमा नेपालको भ्रमणको पूर्ण विवरण आउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्यले क्रिकेटिंग नेपाललाई बताए ।

नेपालले जिम्बाब्वेमा आयोजना भएको बिश्वकप छनोट पछि चार वर्षको लागि एकदिवसिय मन्यता पाएको थियो र नेपालले अगष्टमा नेदरल्यांड्स विरुद्ध उसकै घरेलु मैदानमा दुई एकदिवसिय खेल खेलेको थियो जसमा एकमा जित र एकमा हारको सामना गरेको थियो ।