नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने, भोलिबाट सुरु हुने

आइसीसी टी-२० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। यो दुई खेलको सिरिज हुनेछ।

सिंगापुरमा जुलाई २२ देखि सुरू हुने छनोट प्रतियोगिताको लागि नेपालले मलेसियासंग दुईपक्षिय सिरिज खेल्न लागेको हो। २ खेलको सिरिजको पहिलो खेल शनिवार हुनेछ।

जुलाई ९ मा मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ। नेपालले शनिवार मलेसियासँग पहिलो टी-२० खेल खेल्नेछ।सो खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे किनरारा ओभल मैदानमा हुनेछ।

यो सिरिजको दोस्रो खेल आइतवार हुनेछ। मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली उतैबाट जुलाई २० मा सिंगापुर जानेछ। सिंगापुर र मलेसियाको पिच कन्डिसन उस्तै भएकोले मलेसिया भ्रमण नेपालको लागि फाइदाजनक हुने कप्तान र प्रशिक्षकले बताए।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा मलेसियामै केही दिनअघि सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजनमा नेपाललाई च्याम्पियन बनाएका कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ युवा खेलाडी सामेल गरेका छन्।