नेपालले मलेसियाको लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्ने

फिफा विश्वकप २०२२ को छनोट चरणको तयारीमा रहेको नेपालले मलेसियाको लिग च्याम्पियन क्लब जोहर दारुल ताजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मलेसियन सुपर लिग च्याम्पियन टोलीसँग नेपालको राष्ट्रिय टिमले अगष्ट २६ मा मलेसियाको जोहर सिटिमा रहेको पासिर गुदाङ स्टेडियममा खेल्ने एन्फाले जनाएको छ ।

सन् २०२३ मा चीनमा हुने एएफसी एशियन कपको समेत छनोट प्रतियोगिता रहे पनि नेपालको राष्ट्रिय टोलीले भने एक मात्र मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले यो बर्ष सेप्टेम्बर ५ मा कुवेतसँग विश्वकप २०२२ को छनोट खेल खेल्दै छ।