नेपालले भाेली एशिया कप छनाेटमा मलेसियासँग खेल्दै

एसिया कप छनोट छनाेट अन्तर्गत नेपालले भाेली मलेसियासँग खेल्दैछ ।

सुरूवाती दुइ खेलमा हार ब्यहाेरेकाे नेपालले प्रतियाेगिताकाे फाइनलकाे अाशा जिवीतै राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाइ भाेलीकाे खेल जित्नै पर्ने दबाव छ ।

मलेसियाकाे किनरारा ओभल मैदानमा हुने खेल नेपाली समयअनासर बिहान सवा ७ बजे सुरु हुनेछ।

अघिल्ला दुई खेलमा एउटै प्लेइङ-११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध खेल्दा केही परिवर्तन हुने सम्भावना पनि छ।