नेपालले दियो ब्लुमफिल्डलाई ३२४ रनको लक्ष्य

एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंकाको कोलम्बोमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा आज ब्लुमफिल्ड क्लबसँग खेलिरहेको छ ।

टस पहिला ब्याटिंग गरिरहेको नेपाली टिमले दिपेन्द्र सिंह ऐरीको शतकीय पारीको मद्धतले ब्लुमफिल्ड क्लबलाई ३२४ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन बनाएको छ।

दीपेन्द्रले ९० बलमा आफ्नो शतक पुरा गरेका थिए । दिपेन्द्रले आक्रामक ब्याटिंग गर्दै ९५ बलमा १२१ रन बनाएर आउट भए भने करण केसीले १२ बलमा २६ रन बनाएर आउट भएका थिए । नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो।

नेपालले आफ्ना सुरुवाती ब्याट्सम्यानले भने सदाजस्तै राम्रो सुरुवात दिन असफल भए पनि सगर र दिपेन्द्रबीच १८५ रनको साझेदारीले नेपालले उच्च रन बनाउन सफल भएको छ ।
नेपालका लागि सागरले ८४ बलमा ९२ रनको पारी खेलेका थिए भने अनिल कुमार शाह १७, कप्तान पारस खड्का २३, रोहित पौडेल ११ र सुबास खकुरेल ९ रन बनाएर आउट भएका थिए ।

आजको खेलमा ज्ञानेन्द्र मल्ल,सोमपाल कामी र बिनोद भण्डारी खेलेका छैनन् । दोस्रो अभ्यास खेलको अन्तिम ११ मा पारस खड्का ( कप्तान ), अनिल साह, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल रहेका छन्।