नेपालले टस हारेर ब्याटिङ गर्दै, ३० अाेभरकाे खेल हुने

एशिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया विच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाली टिममा आज दुई जना परिवर्तन गरिएको छ । करण केसीको स्थानमा ललित भण्डारीलाई स्थान दिइएको छ भने रोहित पौडेलको स्थानमा अनिल शा लाई मौका दिइएको छ । निर्धारीत समय भण्दा करीव चार घण्टा ढिलो भएको खेल ३० ओभरमा झारिएको छ । विहान सवा सात बजे हुने भनिएको खेलको टस हुन केहि समय अगाडी भारी बर्षा भएपछि टस हुन सकेन ।

भारी बर्षा करीव ४५ मिनेटसम्म चलेपछि मैदानको आउटफिल्ड पुरै गिलो भएको थियो । यसअघिका लगातार दुई खेलमा हार ब्यहोरेको नेपाललाई आजको खेलमा जितको विकल्प छैन । यदि नेपाल विजयी भएमा फाइनल पुग्ने सम्भावना बाँकि नै राख्नेछ । पराजित भएको खण्डमा उसको त्यो मौका सकिनेछ ।