नेपालले किर्गिस्तानमा ‘नादेज्दा कप’ खेल्ने

नेपाली महिला टीमले किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगिता खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले किर्गिस्तानमा महिला टीमले प्रतियोगिता खेल्ने जानकारी दिएको हो। चार देशको सहभागिता हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान टिम छन्।

प्रतियोगिता सेप्टेम्बर ६-१३ तारिखसम्म हुनेछ। यो प्रतियोगितामा नेपालले सहभागिता जनाउनुको मुख्य उद्देश्य नजिकिदै गरेको सागको तयारीको लागि हो। साग नेपालमा यहि बर्ष डिसेम्बर १ देखि १० काठमांडू र पोखरा शहरमा हुदैछ।

खेलाडीलाई म्याच एक्सपोजरको रुपमा यो प्रतियोगितामा भाग लिएको एन्फाले जनाएको छ।