नेपालले ओमानमा टी–२० सिरीज खेल्ने, पुरा जानकारी

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरीज खेल्ने भएको छ ।

५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ । यसका साथै यो प्रतियोगिता ग्लोबल क्वालिफायर्स अगाडी हुने भएको छ । जसका लागि नेपाली टिमलाई पनि सहभागिताका लागि निम्तो आएको छ ।

नेपालसहित ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सको सहभागिता रहने सो प्रतियोगिताका लागि आइसीसीले अनुमती भने दिएको छैन । यो प्रतियोगिता ओमानमा गर्नका लागि ओमान क्रिकेट संघले सहभागि सबै संघलाई पत्राचार गरीसकेको छ ।

ओमान क्रिकेट संघलाई सबै टिमले खेल्ने पक्का गरेको बताइएको छ । याे प्रतियाेगितापछि ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्स ग्लाेबल विश्वकप छनाेटमा सहभागि गर्न जानेछन । ग्लाेबल क्वालिफायर्स ११ अक्टाेबरदेखि यूएइमा हुदैछ ।