नेपालले ओमानमा टि-२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आयोजना हुने टि-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । प्रतियोगितामा आयोजक ओमान, नेपाल, नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यो प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ । ५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ ।

नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।