नेपालले इङ्ल्यान्ड र म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का; खेल कहिले? पुरा जानकारी

नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सन् २०२२ मा हुने कतार विश्वकप छनोट खेल खेलिरहेको नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलीले नोभेम्बर ७ मा म्यानमारसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले २०२० मे २५ मा इङ्ल्यान्डको (सी) टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

विश्वकप छनोट अन्तर्गत नेपालले दशरथ रंगशालामा १९ नोभेम्बरमा होम खेल खेल्ने भएको छ । नेपाल कुवेतसँग उसैको घरेलु मैदानमा ७–० गोल अन्तरले पराजित भएको थियो ।