माले, माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतको सामना गर्दै छ । आज हुन खेलमा नेपाल पहिलो पटक फाइनल खेलका लागि मैदानमा उत्रिदै छ ।
त्यसो त, भारतको यो १२ औं फाइनल खेल हुनेछ । भारतले साफ च्याम्पियनसिप सर्वाधिक ७ पटक जित्न सफल भएको छ । भारत नेपाललाई हराउदै ८ औं चोटि जित्ने योजनामा हुनेछ ।
यता नेपाल पहिलो फाइनलमा राउन्ड रोबिनको खेलमा हारेको बदला लिदै पहिलो साफ च्याम्पियनसिप जित्न चाहन्छ ।
नेपालको लागि यो खेलले किन पनि महत्त्व राख्छ भने प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको यो नेपाल राष्ट्रिय टोलिको लागि अन्तिम खेल समेत हो ।
उनले साफ च्याम्पियनसिप पछि आफुले पदत्याग गर्ने घोषणा गरिसकेका छ्न ।
साफ च्याम्पियनसिप २०२१ मा नेपालले दुईमा जित, एक हार र एक बराबरी खेलेको थियो । त्यस्तै, भारत सुरुका दुइ खेलमा बराबरी खेल्दै बाकि दुई खेलमा जित दर्ता गराउन सफल रह्यो ।
अन्जन बिष्टले बंगलादेशविरुद्ध पहेलो कार्ड पाए पछि उनले फाइनल खेल गुमाउने भएको छ । उता भारतका दुई खेलाडि र प्रशिक्षक पनि मैदानमा हुने छैनन् ।
भारतका फरवार्ड फारुक चौधरी एसिएल इन्जुरीका कारण लामो समय चोट बिकेका छन भने डिफेन्डर सुबासिस बोसले माल्दिभ्सविरुद्धका खेलमा रातो कार्ड पाएका थिए । प्रशिक्षण इगोर स्टिम्याक भने रेफ्रिसंग विवाद गरेको भन्दै रेफ्रिले दोहोरो पहिलो कार्ड देखाएका थिए ।
फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुदैछ ।