नेपालले आज ताजिकिस्तानको सामना गर्ने

एजेन्सी, नेपाल राष्ट्रिय यु-२३ टिमले एएफसी यु-२३ एसियन कप छनोटको दोश्रो खेलमा आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टिम ताजिकिस्तानविरुद्ध नेपाल पहिलो खेलको हारलाई बिर्सदै जितको खोजीमा हुनेछ ।

नेपाल पहिलो खेलमा ईरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तान भने लगातार दोश्रो खेल जित्न चाहन्छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनोनलाई १-० गोलले हराएको थियो ।

आजको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

यस समुहको शिर्ष स्थानमा ईरान रहेको छ । दोश्रो स्थानमा ताजिकिस्तान छ । दुबैले पहिलो खेलमा जित हात पार्दै ३ अंक जोडेको छ ।

जितविहिन रहदै तेश्रो स्थानमा लेबनोन र समुहको पुछारमा नेपाल रहेको छ ।