नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

शुक्रबारको पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरण राईले अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबलका लागि सहमति भइसकेको जानकारी दिए । उनले फिफाबाट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यताका लागि प्रस्ताव पठाइएको बताए ।

अन्तर्राष्ट्रिय बिभाग प्रमुख नवीन पाण्डेको पहलमा मैत्रीपूर्ण खेलको आयोजना भएको हो । आगामी नोभेम्बर १४ मा अफगानी टोली मैत्रीपूर्ण फुटबलका लागि नेपाल आउनेछ ।
सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिप जितेको अफगानिस्तान त्यसयता पहिलो पटक नेपाल आउन लागेको हो ।