नेपालले अघिल्लाे संस्करणकाे पुरस्कार नपाए बंगबन्धु गाेल्डकप नखेल्ने

बंगलादेशकाे ढाकामा हुने बंगबन्धु गाेल्डकपकाे पाँचाै संस्करणमा नेपालले सहभागिता नजनाउने संभावना बढेकाे छ ।

अघिल्लाे संस्करणकाे उपाधि जितेकाे नेपालले अहिलेसम्म पुरस्कार राशी नपाएकाले एन्फाले पुरस्कार रकम नपाए नखेल्ने बताएकाे छ । एन्फा प्रवक्ता किरण रार्इले प्रथम पुरस्कारवापतकाे रकम नपाए नेपाल सहभागी नहुने प्रष्ट पारे ।

नेपालले २०७२ साल माघमा भएकाे प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर २ बर्ष भन्दा बढी समयसम्म पनि पाउन सकेकाे छैन ।

पाँचौँ संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको एन्फाले पुरस्कार राशी पाएमात्र सहभागिता जनाउने बताएकाे छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्दा फाइनलमा बहराइनलाई ३-० गोलअन्तरले पराजित गरेकाे थियाे ।

असोज १५ देखि २७ गतेसम्म हुने प्रतियाेगिताका लागि शनिबार खेल तालिका सार्वजनिक गरेको गरेकाे थियाे । जसमा नेपाल समूह ‘ए’ मा परेको छ। साे समुहमा नेपालसँगै प्यालेस्टाइन र ताजकिस्तानसमेत छन्। समूह ‘बी’ मा आयोजक फिलिपिन्स, बङ्गलादेश र लाओस छन्।