नेपाललाई २१७ रनको लक्ष्य,सोमपाल को उत्कृष्ट बलिङ

श्रींलकाको कोल्ट्स क्रिकेट क्लबले नेपाली क्रिकेट टिमलाई २१७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कोल्ट्सले ४९ ओभर २ बलमा अल आउट हुदैँ २१६ रन बनाउन सकेको हो । उस्का लागि हसनले ६७ बलमा ५९ रन बनाए । त्यस्तै अयानाले ८१ बलमा ३६ रन बनाए । मदुरा लकमलले ३१ र कृष्ण नाथन २४ रन बनाए । अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालको लागि सोमपाल कामीले ३ ,करण केसी र सागर पुनले समान दुई दुई विकेट लिए भने ललित नारायण राजवंशीले एक विकेट लिए । यस अघिका दुबै अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

नेपाल भाद्र ११ गते त्यतैबाट मलेसिया जाने छ भने सन्दीप वेस्ट इन्डिजबाट भाद्र १२ गते मलेसिया आउने छन् । एसियाका टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले खेल्ने एसिया कप छनोट मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुनेछ।जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ। छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ। जस्मा नेपाल पनि प्रमुख दावेदार टिम हो ।