नेपाललाई तेस्रो सफलता, सन्दीप कीर्तिमान नजिक

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत सिंगापुरविरुद्ध नेपालले बलिङ गरिरहेको छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सिंगापुरविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाए । यसअघि सोमपाल कामीले सिंगापुरको दुई विकेट झारेका थिए । सिंगापुरले ५ ओभर ४ बलमा ३ विकेट गुमाएर ३२ रन जोडेको छ । यो संगै सन्दीप राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।

प्रतियोगिताका ६ खेलमा २१ विकेट लिएका सन्दीपले अब १ विकेट झारेमा राष्ट्रिय टिमबाट सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । योसंगै सन्दीपले बसन्तसंग बराबरी गरेका छन् ।