भारतीय मिडियामा नेपालमा हुने भनिएको चचित अवार्डस इण्डियन फिल्म एकेडेमी अवार्डस (आईफा) को कार्यक्रम रद्ध भएको प्रसंगले निकै चर्चा पाएको छ।
विभिन्न भारतीय सञ्चार माध्यममा यसबारे धेरै चर्चा भएको छ। भारतको बिजनेश स्ट्याण्डर्डले नेपालमा आलोचना भएपछि सरकारले कार्यक्रम स्थगित गरेको जनाएको छ ।
अनलाइन संस्करण स्वराज्यले प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङको तस्बिर समेत राखेर सत्तारुढ दलका नेताले आलोचना गरेका कारण कार्यक्रम रद्ध भएको जनाइएको छ ।
बलिउड मेगा इभेन्टको रद्ध हुनुमा चीनको हात रहेको समेत सो समाचारमा जनाइएको छ । केपी ओली नेतृत्वको सरकारले भने सो कार्यक्रम गर्न चाहेको, त्यसको खर्च ४ मिलियन डलर लाग्ने अवस्था रहेको तर आलोचकहरुले यसलाई निकै महंगो मानेको समाचारमा जनाइएको छ।
Surprised to see how IIFA event cancellation has been linked w/ Nepal's relns w/ China. This decision was purely internal after people raised questions abt its rationale. China is nowhere involved in this saga. Will our friends in India understand this?? https://t.co/aqS4YFT3Q0
— Kosh R Koirala (@KoshRKoirala) July 4, 2019