नेपालमा ला लिगा टिभीमा नआउने, तर येसरी हेर्न सकिन्छ – पुरा पढ्नु होला

यस सिजन नेपाल,भारत लगायत दक्षिण एसियालीमुलुकमा लालिगाको आधिकारिक टिभी प्रसारक अनुमती कुनैपनी च्यानलले लिन असफल रहे । गत साल सोनी पिक्चर्सले प्रसारण अनुमती लिए पनि यस्पाली महँगो रकम तिर्न नसक्ने र अफुलाई फाईदा नभएको भन्दै सोनीले प्रसारण अनुमती लिएन ।

तर विश्वबिख्यात सामाजिक सन्जाल फेस्बूकले भारत लगायत अन्य दक्षिण एसियालीमुलुकमा स्पेनिश लिग लालिगा प्रसारण गर्ने अनुमती पाएको छ । जुन निर्णय कतिपय दर्शकलाई फाईदाजनक छ भने कतिपय दर्शकले भने अब लालिगाको खेलहरु गुमाउने भएका छन ।

पछील्लो समय खेल्कुद प्रसारणतिर जोड दिईरहेको फेस्बूकले यस सिजनको इन्डियन प्रिमियर लिग पनि प्रसारण गर्न खोजेको थियो तर उ असफल रह्यो तर संसारकै उत्कृष्ट लिग मानिएको स्पेनिश लालिगा प्रसारणको अनुमती लिनमा भने फेस्बूक चुकेन ।

महँगो मुल्य तिरेर फेस्बूकले उक्त अनुमती पाएको हो । रियल मड्रिड र बार्सिलोनाका समर्थक नेपालमा अत्यधिकमात्रामा रहेका छन । ब्रोड्कास्टिङ राइटमा अब कुनै च्यानलले चासो देखाएन भने नेपाल र भारतीय उप-महादेशका दर्शकले लालिगा फेस्बूकमै प्रतक्ष हेरेर चित्त बुझाउन पर्ने छ ।

Crimson Media Nepal बाट