नेपालमा आगामी मार्च ९ देखि १८ सम्म हुने भनिएको १३औं दक्षिण एशियाली खेलकुदको मिति फेरि सर्दै

नेपालमा आगामी मार्च ९ देखि १८ सम्म हुने भनिएको १३औं दक्षिण एशियाली खेलकुद निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएसँगै नयाँ मिति घोषणा गर्न प्रतियोगिता तयारी समितिको बैठक बस्न लागेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको नेतृत्वमा रहेको प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिको बैठक आगामी कात्तिक ११ गते बस्ने निर्णय भएको छ ।

विश्वकर्माले खेलकुद मन्त्रालयको निम्मेबारी संहालेसँगै साग तयारी समितिको बैठक बस्न सकेको थिएन । गत महिना मन्त्रीपरिषदको बैठकमार्पत तयारी समिति पुनर्गठन गरेर बैठक बस्न लागिएको हो ।