नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जन बिष्ट परेनन्

मलेसियन क्लबविरुद्व मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टिमको प्लेईङ सेट सार्वजनीक भएको छ ।

विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन जोहारविरुद्व आज मैत्रीपूर्ण खेल खेल्दैछ । मुख्य प्रशिक्षक योहान कालिनले मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ खेलाडी सार्वजनीक गरेका छन् ।

मुख्य प्रशिक्षक कालिनले एक्लो फरवार्डको रुपमा विमल घर्तिमगरलाई खेलाउने निर्णय लिएका छन् । यस्तै मिडफिल्डमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई र रबि पासवानलाई खेलाउने निर्णय लिएका छन् ।

डिफेन्डरमा सुमल अर्यालसंगै देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी रहेका छ ।

गोलकिपरमा विकेश कुथुले नेपाली गोल पोस्ट सम्हाल्नेछन् ।