नेपालको लक्ष्य टी-२० विश्कप, एसिया छनोट सोमबारदेखि सुरू हुने

आईसीसी टी-२० विश्कप एसिया छनोट सोमबारदेखि सिंगापुरमा सुरु हुँदैछ।

लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल छनोटमा सहभागिता गर्ने छ। नेपाली क्रिकेट टिमले मलेसियामा अन्तिम अभ्यास गरेर एसिया छनोट खेल्न सिंगापुर पुगेको हो।

प्रतियोगिता अन्तर्गत सोमबार सिंगापुर र कतार तथा कुवेत र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेलमा मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दा सिंगापुर र कुवेत पनि प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी बुधबार नेपालले दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दा कुवेत र कतारले पनि प्रतिस्पर्धा गर्नेछन्। बिहीबार कुनै पनि खेल हुनेछैन भने शुक्रबार सिंगापुर र मलेसिया तथा नेपाल र कुवेतले खेल्नेछन्। शनिबार भने समूह चरणको अन्तिम खेलमा मलेसिया र कतार तथा घरेलु टोली सिंगापुरसँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिमले उपाधि जित्दै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य लिएको छ।