नेपालको प्रतिद्वन्द्वी माल्दिभ्सले यस प्रतियोगितामा एक गोल पनि गरेका छैनन्

माल्दिभ्सले समूह चरणका दुई खेलमा १ जित र १ बराबर गरेको थियो । दुवै खेलमा माल्दिभ्स गोल गर्न असफल रहयो । साफ च्याम्पियनसिपको इतिहासमै कुनै गोल नगरी टोली अर्को चरणमा पुगेको यो नै पहिलो पटक हो । अब माल्दिभ्सले बुधबार हुने सेमिफाइनल खेलमा नेपालको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा भारत र पाकिस्तान खेल्नेछन् ।

नेपाल हालसम्म ४ पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले अहिलेसम्म फाइनल यात्रा भने तय गरेको छैन । बालगोपाल महर्जनको प्रशिक्षकत्वमा रहेको नेपाली टोली यसै सफलता हात पार्ने सुरमा छ । उपाधि जित्ने लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको टोलीसामु अब २ जितको चुनौती अगाडी छ ।