नेपालको पहिलो खेल भोलि भारत यु-१९ संग

भारतीय क्रिकेट बोर्डको आयोजनामा चौकोणीय सिरिज खेल्न भारतको लखनउ पुगेको नेपाली अन्डर-१९ टिमले आफ्नो पहिलो खेलमा बुधबार भारतीय यु-१९ क्रिकेट टिम ( बि ) संग पहिलो खेल खेल्नेछ।

भारत यु-१९ ( ए ), भारत यु-१९ ( बि ), अफगानिस्तान यु-१९ र नेपाल गरि सिरिजमा ४ टिम सहभागी छन्।

नेपालले पहिलो खेल एकना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियम ( बि ) मैदानमा खेल्नेछ। बिसीसीआईको अधिकारिक वेबसाइटका अनुसार खेल भारतीय समय ९ बजे बिहान अर्थात् ९:१५ बजे नेपाली समयमा सुरु हुनेछ।पहिलो दिनको दोश्रो खेलमा भारत यु-१९ र अफगानिस्तान यु-१९ टिम खेल्नेछन्।
भारतीय यु-१९ क्रिकेट टिम ( बि ) मा भारतको लागि यु-१९ मा डेब्यु नगरेका खेलाडीहरु रहेका छन्।