नेपालको खराब ब्याटिङ, भारत बिरुद्ध १७२ रनको नमिठो हार

बंगलादेशलमा आजबाट शुरु भएको यू१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा भारत यू१९ ले दिएको ३०५ रनको विशाल लक्ष्य पक्षाएको नेपालले १७२ रनको नमिठो हारको सामना गरेको छ ।

भारतिय बलरहरु बिरुद्ध निरिह बनेको नेपालले ३०५ रनको लक्ष्य पक्षाउने क्रममा ३६ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १३३ रन बनाउन सक्यो ।

नेपालको तर्फबाट कप्तान आशिफ शेख ६१ बल खेल्दै एक एक चौका र छक्काको मद्धतमा सर्वाधिक २५ रन बनाएर आउट भए भने चौंथो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले २४ रनको पारी खेले । आशिफ र रोहितले ३६ रनको साझेदारी गरे ।

उनीहरु बाहेक सन्दिप जोराले २० बलमा २० रन, रबिन्द्र जंग शाहीले १६ तथा रवि कुमार शाहले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कमल सिंह ऐरी आठ, भिम सार्की र रसिद खान समान छ तथा सुर्य तामाङ शुन्य रनमा पेभेलियन फर्किए भने सागर ढकाल शुन्य रनमा अविजित रहे ।

नेपाली पारी ध्वष्त पार्ने क्रममा सिद्धर्थ देशाई र हर्ष त्यगीले समान दुई विकेट लिए भने मोहित जंग्राले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

यस अघि नेपालको लागि चौंथो नम्बरमा ब्याङि गर्न आएका सन्दिप जोरा २० बलमा दुई चौका र एक छक्का प्रहार गर्दै आउट भए भने ओपनर रवि कुमार शाह २४ बलमा ११ रन तथा रबिन्द्र जंग शाही ३० बलमा १६ रन बनाएर पेभेलियन फर्किए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेटको क्षतीमा ३०४ रनको विशाल योगफल बनायो ।

भरतलाई विशाल योगफल बनाउका लागि ओपनर यश राथोडले ११३ बलको सामना गरेका आठ चौका र पाँच छक्काको मद्धतमा सर्वाधिक १०४ रन जोडे । उनी रसिद खानको शिकार भए ।

त्यस्तै प्रभ सिम्रन सिंहले आक्रमक पारी खेल्ने क्रममा ६१ ब्लमा छ चौका र तीन छक्काको मद्धतमा ८२ रन जोडे भने आयुष बडोनीले २३ बलमा ३३ तथा देबदत्त पडिकालले ३० रनको योगदान दिए ।

जैसवालले पहिलो विकेटका लागि पडिकालसँग मिलेर १६ दशमलब छ ओभरमा ८३ रन जोडे भने तेश्रो विकेटका लागि सिंहसँग ७६ रनको साझेदारी गरे । त्यस्तै सिंहले आयुषसँग पाँचौं विकेटका लागि ३४ बलमा ५४ रनको पार्टनरसिप गरे ।

नेपालको लागि भिम सार्कीले सर्वाधिक चार विकेट लिए भने रसिद खानले दुई तथा कमल सिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले पनि आफ्नो नाममा एक एक विकेट दर्ता गराए ।

१० ओभर बलिङ गरेका ऐरी र सर्राफले क्रमस ६३ र ६० रन खर्चिए । नेपालका अन्य बलरहरुमा रसिद खानले आठ ओभरमा ४५ रन, सागर ढकालले नौ ओभरमा ४५ रन, भिम सार्कीले सात ओभरमा ४२ रन, सुर्य तामाङले पाँच ओभरमा ४१ रन तथा सन्दिप जोराले एक ओभरमा सात रन खर्चिए ।

नेपालले अब समुह चरणको आफ्नो दोश्रो खेलमा सोमवार अफगानिस्तानको सामना गर्नेछ ।