नेपालको उत्कृष्ट सुरुवात,सोमपाल लिए विकेट

अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबसँग जारी रहेको छ । टस हारेर पहिला बलिङ गरि रहेको नेपालले उत्कृष्ट सूरुवात गरेको छ । ताजा अवस्थामा यो समचार तयार पार्न सम्म कोल्ट्सले ७ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३९ रन बनाएको छ । नेपालको लागि पहिलो र दोस्रो विकेट करण केसीले लिएका हुन् भने तेस्रो विकेट सोमपाल कामीले लिएका छन् ।

नेपालले यस अघि खेलेका ३ वटा नै अभ्यास खेलमा जित हात पारेको थियो। बुधबार भएको पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्न सफल भएको थियो।