नेपालको उच्च प्रदर्शनका साथ भुटान माथी सान्दार जित

नेपालले साफ च्याम्पियनसिपमा भुटानविरुद्धको दोस्रो खेलमा ४–० को जित हात पार्न सफल भएको छ । अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि दोस्रो गोल सुनिल बलले गरेका थिए । ७० औं मिनेटमा सुनिलले गोलअन्तरलाई दोब्बर पारेका थिए ।

परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्ति मगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो गोल हो । आफ्नो तेस्रो खेलमा सुनिल गोल गर्न सफल भएका थिए । निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो।

र ७९ औं मिनेटमा भरतले मैदान भित्र आउने बितिकै ३-० बनाए । अर्को खेलाडी जो दोस्रो हाल्फ पछि मैदन प्रवेश गरेका खेलाडी निराजन खड्काले खेल को ८७ मिनेटमा सुनिल बलको कर्नर लाई सधुपयोग गर्दै नेपाललाइ ४-० को जित दिलाएको हो ।