नेपालको अर्को शानदार जित, पारसको उत्कृष्ट ब्याटिङ

श्रींलकामा भ्रमणमा रहेको नेपालले अन्तिम अभ्यास खेलमा शानदार जित निकालेको छ । नेपालले श्र्रीलका कोल्ट्स क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको हो । कोल्ट्सले दिएको २१७ रन लक्ष्य नेपालमा ४३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । नेपाललाई सहज जिताउन कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे ।

पारसले ५८ रन बनाए । पारसले ५७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले ५२ रन प्रहार गरे । ऐरीले ५३ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै ज्ञानेन्द्र ६५ बलमा ४ चौका प्रहार गर्दै ४५ रन बनाए । सुवास खकुरेल २२ र आरिफ शेखले २३ रन बनाए । अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।

यस अघि श्रींलकाको कोल्ट्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोल्ट्सले ४९ ओभर २ बलमा अल आउट हुदैँ २१६ रन बनाउन सकेको हो । उस्का लागि हसनले ६७ बलमा ५९ रन बनाए । त्यस्तै अयानाले ८१ बलमा ३६ रन बनाए । मदुरा लकमलले ३१ र कृष्ण नाथन २४ रन बनाए । अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालको लागि सोमपाल कामीले ३ ,करण केसी र सागर पुनले समान दुई दुई विकेट लिए भने ललित नारायण राजवंशीले एक विकेट लिए ।
नेपाल भाद्र ११ गते त्यतैबाट मलेसिया जाने छ भने सन्दीप वेस्ट इन्डिजबाट भाद्र १२ गते मलेसिया आउने छन् ।

एसियाका टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले खेल्ने एसिया कप छनोट मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुनेछ।जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ। लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ। छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ। जस्मा नेपाल पनि प्रमुख दावेदार टिम हो ।