नेपालकै समुहमा रहेको जोर्डन र चाइनिज ताइपेईको खेल समाप्त; पुरा जानकारी

फिफा विश्वकपका लागि दोस्रो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत समूह बीको खेलमा जोर्डनले पहिलो तीन अंक जोडेको छ ।

नेपाल कै समूहमा रहेको जोर्डनले चाइनिज ताइपेईलाई २–१ ले पराजित गर्‍यो । जोर्डनको जितमा बाहा फैसल र अहमेद समिरले एक एक गोल गरे ।

चाइनिज ताइपेईको राष्ट्रिय रंगशालामा भएको खेलको १९औं मिनेटमा फैसलले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा समिरले गोल गरेपछि पहिलो हाफअघि जोर्डनले २–० को अग्रता लियो ।

८१औं मिनेटमा वेन चिहाओले गोल गर्दै ताइपेईलाई खेलमा फर्कापनि थप गोल हुन नसक्दा जोर्डनले तीन अंक जोडेको हो ।