नेपालका फुटबल क्लबहरुले एएफसीका प्रतियोगिताहरु खेल्न नपाउने

Qatar Airways Martyrs Memorial A Division League: NOC-MMC beats NRT 4-1 Photo by Utsav Shakya

नेपालका फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) का प्रतियोगिता खेल्न नपाउने भएका छन्।

एएफसीले एसियाको क्लब प्रतियोहरुको व्यावसायिकता बढाउन न्यूनतम मापदण्डहरु २०१८मै बनाएको थियो जुन पूरा गर्न नेपाली क्लबहरु असफल हुदै आएको छ र फलस्वरूप नेपालको क्लबहरुले एएफसी कप र एएफसी च्याम्पियन्स लिग जस्तो एएफसीको आधिकारीक प्रतियोगिता खेल्न नपाउने भएका छ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को क्लब लाइसेन्सिङ समितिले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआइबी) मा निवेदन दिएको थियो।

तर एफआइबीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको हो। एएफसीका प्रतियोगिता खेल्न अहिले एएफसी क्लब लाइसेन्स अनिवार्य छ।

२०२१ का लागि नेपालका १३ वटा ए डिभिजन क्लबले निवेदन दिएका थिए। गत वर्ष सहिद स्मारक ए डिभिजन लिग खेलेका मध्ये रेगिलगेशनमा परेको सरस्वती युवा क्लब बाहेक सबै क्लबले एएफसीमा निवदेन दिएको एन्फाले जनाएको छ।

एएफसीले नेपाली क्लब मध्ये त्रिभुवन आर्मी क्लबको निवेदनमा सकारात्मक प्रतिक्रिया दिएको छ। अब एन्फाले दुई वर्षका लागि मापदण्ड पूरा गर्ने समय दिन एएफसीसँग अनुरोध गर्न सक्नेछ।

क्लब लाइसेन्सका लागि कुनै पनि क्लबको एकेडेमी, मैदान, युवा टिम, बित्तिय व्यवस्थापक, मेडिकल अफिसिर, मिडिया अफिसयर लगायत हुनु पर्नेछ।