नेदरल्यान्डद्वारा डि बोर बर्खास्त

एजेन्सी, नेदरल्यान्डले मुख्य प्रशिक्षक फ्रान्क डि बोरलाई बर्खास्त गरेको छ। ननेदरल्यान्ड फुटबल बोर्डले बिज्ञप्ति निकाल्दै डि बोरलाई बर्खास्त गरेको जानकारी दिएको छ।

युरो कपमा अन्तिम १६ बाट बाहिरिए पछि उनलाइ बर्खास्त गर्ने बोर्डले निर्णय गरेको हो।

समुह चरणमा सबै खेल शतप्रतिशत नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको थियो।

चेक रिपब्लिकविरुद्ध अन्तिम १६ मा २-० गोल अन्तरले पराजित भए पछि नेदरल्यान्डसको युरो कपको यात्रा समाप्त भएको थियो।

डि बोरको प्रशिक्षणमा डच टोलिले ८ खेलमा जित, ४ बराबरी र ३ हार ब्योहोरेको छ।