नेदरल्याण्ड्सका स्नाइडरले लिए फुटबलबाट सन्यास

नेदरल्याण्ड्सका पूर्व मिडफिल्डर वेस्ली स्नाइडरले फुटबलबाट सन्यास लिएका छन् ।

च्याम्पियन्स लिग विजेतासमेत रहेका ३५ वर्षीय मिडफिल्डर स्नाइडरले मंगलबार व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।उनको नाममा नेदरल्यान्ड्स टिमबाट सर्वाधिक खेल खेल्ने फुटबलरको रेकर्ड समेत रहेको छ ।

उनले अन्तराष्ट्रिय फुटबलबाट भने गत वर्ष नै सन्यास लिएका थिए । उनले आयाक्स बाट करिअरको सुरुवात गर्दै, रियल मड्रिड, इन्टर मिलान, ग्यालाटासारय, नाइस र अल घरफाबाट व्यवसायिक फुटबल खेलेका छन् ।

उनले नेदरल्यान्ड्सका लागि १३४ खेलमा ३१ गोल गरेका छन्।