नेदरल्याण्डको ईङ्ल्याण्ड माथी जित; फाइनलमा पोर्टुगल संग भिड्ने (भिडियो सहित)

बिहिबार राति भएको दोस्रो सेमिफाईनलको खेलमा डच टिमले ईङलिस टिमलाई ३-१ गोल अन्तरले हराएको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा नेदरल्याण्डले बाजी मारेको हो ।

डच टिमले उपाधिका लागि पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ ।
ईङ्ल्याण्डले तेस्रो स्थानका लागि स्विटजरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३२औ मिनेटमा मार्कोस रासफोर्डको गोलबाट ईङ्ल्याण्डले खेलमा अग्रता लिएको थियो । डि लिटले ७३औ मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई खेलमा फर्काएका थिए ।

९७औ मिनेटमा वाल्करको आत्मघाति गोलमा डच टिमले खेलमा अग्रता बनाएको थियो । थपिएको अतिरिक्त समयको १४औ मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्याण्डलाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।

भिडियो: