नेइमार बार्सिलोना फर्कने वारे कोटिन्हो र आर्थरको येस्तो भनाइ

कोपा अमेरिकामा ब्राजिलले पेरुलाई हराएपछि फिलिप कोटिन्हो र आर्थरले नेइमारको सम्भावित बार्सिलोना पुनरागमनबारे बोलेका छन् । यी दुवै खेलाडीले भने नेइमारले बार्सिलोना छाडेपछि बार्सिलोना आएका थिए ।

‘अवश्य, मलाई नेइमारको पुनरागमन राम्रो लाग्नेछ’ आर्थरले स्पेनिस मिडिया मार्कासँग कुरा गर्दै भने ‘उनी एक महान खेलाडी हुन् । म मात्र होइन सबै यही चाहन्छन् ।’

कोटिन्होले पनि आर्थरकै समर्थन गरे । ‘नेइमारसँग खेल्नु निकै अद्भूत अनुभव हुनेछ’ कोटिन्होले भने ‘उनी एक सुपरस्टार हुन् । मलाई थाहा छैन भविष्यमा के हुनेछ तर उनीसँग खेल्ने कुरा गर्नु नै निकै खुसी लाग्ने पल हुन्छ ।’