नेइमार फेरि बार्सिलोना फर्किन आतुर!

नेयमार पुनः पुरानै क्लब बार्सिलोना फर्किन आतुर रहेको फिलिप कोन्टिन्होले बार्सा कप्तान लियोनल मेसीलाई जानकारी गराएक छन्।

स्पेनिस वेब साइट डेली टाइम्सका अनुसार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन(पिएसजी) गएका नेइमारले फेरि बार्सिलोना आउन चाहेको कोन्टिन्होलाई बताएको र कोन्टिन्होले नेइमारको कुरा कप्तान मेसीलाई भनेको खबर सार्वजनिक गरेको छ।

नेइमार अघिल्लो सिजन मात्र विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका थिए।

नेइमार अहिले आफ्नो पिएसजी जाने निर्णयमा पछुतोमा रहेको उक्त समाचारमा दाबी गरिएको छ। नेइमारले कोन्टिन्होसँग एक दिन जसरी भए पनि बालोन डी’ओर जित्न चाहेको र त्यसका लागि बार्सिलोना फर्कनेसमेत बताएको समाचारमा उल्लेख छ।