नेइमारले काकाको कीर्तिमान तोड्दै च्याम्पियन्स लिगमा बनाए यस्तो रेकर्ड

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुललाई हराउँदै नकआउट चरणमा स्थान बनाउन सफल पिएसजीको जितमा नेइमारसहित आन बर्नेटले गोल गरे ।
पिएसजीका लागि ३७ औँ मिनेटमा गोल गरेका नेइमारले टिमलाई जित मात्रै दिलाएनन्, व्यक्तिगत रुपमा कीर्तिमान पनि बनाए ।

नेइमार च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन् । उनले अहिलेसम्म च्याम्पियन्स लिगमा ३१ गोल गरेका छन् ।

यसअघि यो कीर्तिमान काकाको नाममा थियो । काकाले च्याम्पियन्स लिगमा ३० गोल गरेका थिए । नेइमारले गएको महिना कीर्तिमानमा बराबरी गरेका थिए भने अहिले कीर्तिमान आफ्नो नाममा लेखाए । नेइमारले बार्सिलोना र पिएसजीबाट गरी ५२ खेलमा ३१ गोल तथा २२ असिस्ट गरेका छन् ।

काकाले ८६ खेलमा ३० गोल तथा २६ असिस्ट गरेका थिए । तेस्रो स्थानमा रहेको रिभाल्डोले ७३ खेलमा २७ गोल तथा ११ असिस्ट गरेका थिए।