नेइमारलाई रोनाल्डोले रियल मड्रिडमा बोलाए , नेइमारको प्रतिकृया यस्तो छ

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन छोड्ने हल्ला चलेसँगै नेइमारलाई इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड र रियल मड्रिडले आवद्ध गर्न चासो देखाएका छन् ।

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले नेइमारलाई फोनबाट कुरा गरेको खुल्न आएको छ । गएको साता कुरा गर्दै रोनाल्डोले नेइमारको स्वास्थ अवस्थाको बारेमा जानकारी लिएका थिए । सँगै मड्रिडमा आवद्ध हुन सल्लाह पनि दिएको बताइएको छ ।
यसै सिजन बार्सिलोना छोडेर पीएसजीमा आवद्ध भएका नेइमार घाइते भएका कारण अघि विश्राममा छन् । कीर्तिमानी रकममा पीएसजी स्थानान्तरण भएका नेइमारबाट पीएसजीले सोचेअनुरुपको प्रदर्शन पाएको छैन ।
यता पोग्बा र एन्थोनी मार्सियल आबद्ध गर्ने प्रयासमा रहेको पीएसजीलाई म्यान्चेष्टर युनाइटेडले नेइमारको ‘डिमान्ड’ गरेको छ । युनाइटेडले नेइमारका लागि पोग्बा र मार्सियलसँगै थप ५० मिलियन पाउण्ड खर्च गर्न समेत तयार रहेको बताइएको छ । तर यसबारे नेईमारले केही बताएका छैनन् ।