नुनो टोटेन्हमको नया प्रशिक्षक

एजेन्सी, प्रिमियर लिग क्लब टोटेन्हन हट्स्परले नया प्रशिक्षक नियुक्त गरेको छ। वुल्भ्सका पुर्व प्रशिक्षक नुनो इस्पिरिटो स्यान्टोसलाई क्लबले नियुक्त गरेको हो।

अप्रिलमा जोसे मोरिन्होलाई बर्खास्त गरे पछि युवा प्रशिक्षक रयान मेशनले पद सम्हाल्दै आएका थिए।

उनले दुई बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन। नुनोले वुल्भ्सलाई २०१७-२०१८ च्याम्पियनसिप जिताउदै प्रिमियर लिगमा पुराएका थिए।

उनले चार बर्ष वुल्भ्सको प्रशिक्षक हुदा ९५ खेलमा जित, ४९ बराबरी र ५५ खेलमा पराजित भएका थिए।