नुनोले पोर्चुगलका बाकी खेल नखेल्ने

एजेन्सी । पोर्चुगली लेफ्ट ब्याक नुनो मेन्डेसले विश्व कपका बाकी खेल गुमाउने भएको छ ।

उनको बाँया तिघ्रामा गम्भीर चोट लागे पछि विश्व कपबाट बाहिरिएको हो ।

नुनोले पोर्चुगल र उरुग्वेबिचको खेलमा चोट बोक्दै मैदानबाट बाहिरिएको थियो ।

पोर्चुगलका टिम डाक्टरले उनको उपचार गर्दै आएको थियो । हाल उनी कतार अस्पतालमा भर्ना भएका छन ।