निस्वार्थ मेस्सीले गेटाफेबिरुद्ध ह्याटि्रक हान्न सक्थे तर…

स्पेनिस फुटबल ला लिगा अन्तर्गत बिहिवार राती भएको गेटाफेबिरुद्धको खेलमा बार्सिलोनाले ५-२ को फराकिलो जित हात पारेको थियो ।

उक्त खेलमा मेस्सीले दुई गोल र उत्कृष्ट प्रदर्सन गर्दै बार्सिलोनाको जितमा निकै महत्त्वपूर्ण भुमिका खेलेको थियो ।

खेलको अन्तिम मिनेटमा मेस्सीले ह्याटि्रक गर्ने सुनौलो मौका पाएको थियो, पेनाल्टी मार्फत, तर मेस्सीले उक्त पेनाल्टी टिममेट ग्रीजम्यानलाई दिए ।

ग्रीजम्यानले खेलमा कुनै गोल गर्न सफल भएको थिएन र सोही कारण मेस्सीले ग्रीजम्यानको मनोबल उच्च राख्न पेनाल्टी प्रहार गर्न दिएका हुन् ।