निलम्बन पछि फर्किएका सन्तोष तामाङले गरे थ्री स्टार क्लबबिरुद्ध येस्तो अविश्वसनीय गोल (भिडियो)

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज बुधबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई २-० गोलले हराउन सफल भयो ।

यो हार थ्री स्टार क्लबको यस सिजनको लिगमा पहिलो हार पनि हो ।

आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।

दुबै खेलाडीको गोल उत्कृष्ट थियो । तर,डिस्को कान्ड पछि निलम्बनबाट फर्किएका सन्तोष तामाङको फ्री किक गोल एकदमै उत्कृष्ट थियो ।

हेर्नुहोस सन्तोष तामाङको अविश्वसनीय गोल: