बार्सिलोनाका स्टार खेलाडी तथा कप्तान लियोनेल मेस्सीले मिड्फिल्डर अल्टुरो भिदाललाइ बिदाइ गरेका छन् ।
बार्सामा दुई सिजन बिताएका चिलेका मिड्फिल्डर भिदाल सिरि ए क्लब इन्टर मिलान जाने लगभग पक्का पक्की भएको छ ।
मेस्सी र सुवारेजसंग निकै घनिष्ट मित्रता बुनेका भिदालले बार्सिलोनामा एउटा ला लिगा र सुपर कोपा जित्न सफल भए ।
“मैले हामी एक अर्काको बिरूद्ध खेल्दा मात्र चिनेको थिएँ र सँधै एउटा उत्कृष्ट खेलाडी जस्तो देखिन्थ्यो तर म आफुलाई भाग्यमानी ठान्छु कि मैले तिमिलाई व्यक्तिगत रुपमा चिन्न पाए” मेस्सीले इन्स्टाग्राममा एक पोस्टमा भने।
“ड्रेसिङ रूममा तिम्रो कमि हुनेछ, भिदाल ।
Messi says goodbye to Arturo Vidal on Instagram. Says a lot about how close they were. [📸 @BarcaWorldwide] pic.twitter.com/sfmBsLWj76
— 𝐀𝐅𝐂 𝐀𝐉𝐀𝐗 💎 (@TheEuropeanLad) September 20, 2020
“म तिमीलाई यो नयाँ युग र नयाँ क्लबमा शुभकामना दिन्छु।
“हामी निश्चित रूपमा फेरि भेट्नेछौं।”