निगेज भित्र्याउने दौडमा म्यान्चेस्टर युनाइटेड र लिभरपुल

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडका स्पेनिश मिड्फिल्डर सल निगेज भित्र्याउने दौडमा इङलिस म्यान्चेस्टर युनाइटेड र लिभरपुल हुने देखिएको छ। रिपोर्टका अनुसार स्पेनिश क्लब बार्सिलोना र अट्लेटिको मड्रिड बिचको निगेज पठाइ ग्रिज्म्यान भित्र्याउने योजना टुटेकाले निगेज माथी यी दुई इङलिस क्लबको नजर पर्न गएको देखिन्छ।

 

यस अघि बार्सिलोना र अट्लेटिको मड्रिड बिच निगेज पठाइ हाल बार्सिलोनाका खेलाडी ग्रिज्म्यान पुनः अट्लेटिको मड्रिडमा अनुबन्ध हुने योजना तीब्र गतिले अगाडी बढेको थियो।  रिपोर्टका अनुसार उक्त सम्झौतामा बार्सिलोनालाई निगेजका साथसाथै केहि पैसा पनि चाहिएकाले दुई क्लब बिच उक्त सम्झौता नहुने लगभग पक्का देखिन्छ।
२६ वर्षका स्पेनिश मिड्फिल्डर निगेज अट्लेटिको मड्रिडको एकेडेमीका उत्पादन हुन्। उनले अट्लेटिको मड्रिडका लागि ३३७ खेल खेलेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १९ खेल खेलेका छन्।