नाभास माथी म्यान्चेस्टर युनाइटेडको नजर

एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिका गोलकिपर केइलर नाभास माथी इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर रहेको छ। रिपोर्टका अनुसार यो ट्रान्सफर सिजन युनाइटेडले रियल मड्रिडका पुर्व गोलकिपर नाभास भित्र्याउन सक्ने सम्भावना रहेको छ।

पि.एस.जिले हालै फ्री ट्रान्सफरमा इटालीयन क्लब ए.सि मिलानका इटालीयन गोलकिपर जियानलिगुइ डोनारुमा भित्र्याएका कारण केइलर नाभासलाई पहिलो रोजाईको गोलकिपरको स्थानका लागि प्रतिस्पर्धा बढेको हो। आफ्नो टोलिमा २२ वर्षका युवा गोलकिपर डोनारुमा रहेको कारण नाभासका लागि उपयुक्त प्रस्ताव आएको खण्डमा पि.एस.जिले नाभासलाई बेच्न सक्ने सम्भावना प्रबल रहेको छ। उनको मुल्य करिब १२ मिलियन युरो रहेको मानिएको छ।
३४ वर्षका कोस्टा रिकन खेलाडी नाभास २०१९ मा ४ वर्षका लागि रियल मड्रिडबाट पि.एस.जिमा अनुबन्ध भएका थिए। उनले पि.एस.जिका लागि ८० खेल खेलेका छन् भने रियल मड्रिडका लागि १६२ खेल खेलेका छन्।