नाभासले अर्को सिजन पि.एस.जिकै जर्सीमा खेल्ने

एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिका कोस्टा रिकन गोलकिपर केइलर नाभासले यो ट्रान्सफर सिजन क्लब नछाड्ने लगभग पक्का देखिएको छ। पि.एस.जिले हालै फ्री ट्रान्सफरमा इटालीयन क्लब ए.सि मिलानका इटालीयन गोलकिपर जियानलिगुइ डोनारुमा भित्र्याएका कारण केइलर नाभासले क्लब छाड्न सक्ने आंकलन गरिएको थियो।

रिपोर्टका अनुसार पि.एस.जि भने नाभास बेच्न अनिच्छुक छन् र आगामी सिजनको सुरुवातमा उनी नै पहिलो रोजाईका गोलकिपर रहने छन्। आफ्नो टोलिमा २२ वर्षका युवा गोलकिपर डोनारुमा रहेको कारण नाभासका लागि उपयुक्त प्रस्ताव आएको खण्डमा पि.एस.जिले नाभासलाई बेच्न सक्ने सम्भावना प्रबल देखिएको थियो। उनको मुल्य करिब १२ मिलियन युरो रहेको मानिएको छ।
३४ वर्षका कोस्टा रिकन खेलाडी नाभास २०१९ मा ४ वर्षका लागि रियल मड्रिडबाट पि.एस.जिमा अनुबन्ध भएका थिए। उनले पि.एस.जिका लागि ८० खेल खेलेका छन् भने रियल मड्रिडका लागि १६२ खेल खेलेका छन्।