नापोली सँगको खेल हारे युभेका कोच पिर्लो बर्खास्त हुन सक्ने

युभेन्टसको साथ कोच आन्द्रे पिर्लोको भविष्य आउँदो खेलमा भर पर्ने खबर छ। युभेन्टसले लिगमा नापोली विरुद्ध खेल्ने छ र सो खेलमा युभेको हार भए युभेले कोच पिर्लोलाई बर्खास्त गर्न सक्ने खबर छ।

हाल लिगमा युभेन्टस चौथो स्थानमा रहेको छ र पछिल्लो खेलहरूमा युभेले अङ्क गुमाएको छ।

खबर अनुसार आउँदो खेलमा युभे हारे पिर्लोलाई क्लबले बर्खास्त गर्ने छ र उनको ठाउँ केही समयको लागि सहायक कोच इगोर ट्यूडरले लिने खबर छ। ट्यूडर सिजनको अन्त्य सम्ममा अन्तरिम कोचको रूपमा काम गर्ने जानकारी छ।

 

क्लबका अध्यक्ष एन्ड्रिया अग्नेलीले क्लबका पूर्व प्रशिक्षक मैक्स एलेग्री सँग वार्ता गरेको पनि जानकारी छ र उनी फेरी क्लबमा फर्किन सक्ने धेरै चर्चा छ।