नापोलीसँग लिभरपुलको लज्जास्पद हार

आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा इग्लिश टिम लिभरपुलले नापोलीसँग ३-० को लज्जास्पद हार बेहोरेको छ।

मुरेफिल्द रगंशालामा भएको खेलमा नापोलीले पहिलो हाफको १८ औं मिनेटमै लोरेन्जो इन्साइजको गोलमा १-० अग्रता लिएको हो।

खेलको २९ औं मिनेटमा मिलिकले गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलायो।

त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा योन्सले गोल गर्दै नापोलीले ३-० को अग्रता लियो। खेलमा अरू थप गोल हुन् सकेन् र लिभरपुलले नापोलीसँग ३-० को लज्जास्पद हार बेहोरे।

यो प्रि सिजनमा लिभरपुलले कुनै खेल जित्न सफल भएका छैैन्।