“नापोलीले रोनाल्डोलाई साइन गर्ने छैन”

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने लगभग पक्का भए पछि उनको नयाँ गन्तव्य कुन क्लब हुने भन्ने वारे धेरै चर्चा हुँदै गर्दा इटालियन सिरी ए क्लब नापोलीको नाम उनी सँग जोडिएको छ तर इटालियन रिपोर्टर अनुसार नापोलीले उनलाई साइन गर्ने छैन।

नापोलीले रोनाल्डोलाई साइन गर्न सक्ने चर्चा वारे प्रसिद्ध इटालियन ट्रान्सफर विशेषज्ञ फाबिर्जियो रोमानोले बोलेका छन् भने नापोलीले रोनाल्डो वा कुनै पनि नयाँ खेलाडी आउँदो ट्रान्सफर विन्डोमा साइन नगर्ने भनेर खुलाए।

“हामीसँग नापोली र रोनाल्डो वारेमा केही अफवाहहरू थिए, तर नापोली आफ्नो टोलीसँग धेरै खुसी छन्।- रोमानोले नापोलीको ट्रान्सफर योजना वारे बोल्दै भने।

“नापोलीले च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, सिरी ए मा उत्कृष्ट छन् र त्यसैले मलाई के भनिएको छ कि नापोली कुनै पनि नयाँ खेलाडीलाई छुन चाहँदैन – जनवरीमा कुनै खेलाडी साइन वा बिक्री हुने छैन।”

रोनाल्डोले हालै म्यानचेस्टर युनाइटेडको आलोचना गर्दै एक अन्तर्वार्ता दिएका थिए जसको कारण उनलाई युनाइटेडले क्लब छोड्न दिने सम्भावना निकै धेरै बनेको बेला रोनाल्डोका एजेन्ट उनको लागि नयाँ क्लबको खोजीमा रहेका छन् र हालै नापोली सँग पनि रोनाल्डोको नाम जोडिएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ