नापोलीद्वारा गाटुसो बर्खास्त

एजेन्सी, नापोलीले प्रशिक्षक गेनेरो गाटुसोलाई बर्खास्त गरेको छ। च्याम्पियन्स लिगमा छनौट हुन असफल भए पछि क्लबले उन्लाइ बर्खास्त गरेको हो।

च्याम्पियन्स लिग छनौटको लागि अन्त्यतै महत्व बाकेको खेलमा भेरोनासंग घरेलु मैदानमा १-१ गोलको बराबरी खेले पछि नापोली च्याम्पियन्स लिग छनौटमा पर्न असफल भएको थियो।

सिजन भर प्राय जसो चौथो स्थानमा रहेको नापोली अन्तिम खेलमा जित्न नसक्दा पाचौं हुन पुगे।

उन्को नेतृत्वमा नापोलीले गत सिजन कोपा इटालियाको उपाधि जितेको थियो। युभेन्ट्सलाई पेनाल्टीमा हराउदै सो उपाधी जितेको थियो।